पेट्रोल–डिजेलको मूल्य कतिमा झर्‍यो ?


 


काठमाडौं, असार ३

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यसघ लिटरको ११३ रुपैयाँ थियो ।

त्यसैगरी डिजेल र मिट्टतेलको मूल्य पनि प्रतिलिटर २/२ रुपैयाँ घटेको छ । अब डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ । यसअघि प्रतिलिटर मूल्य ९५ रुपैयाँ थियो ।

ग्यासको मूल्य भने यथावत राखिएको छ । यसअघि सरकारले लगातार तेल मूल्य बढाएपछि प्रतिपक्षी कांग्रेससहित सर्वसाधारणले त्यसको विरोध गरेका थिए ।

भारतीय आयल कर्पोरशन आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य घटाइएको कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति: ३ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्