यति एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगियो


 


पोखरा, असार ३

पोखरा विमानस्थलमा यति एयरलाईन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।चालक दलका सदस्य र यात्रुसहित ३० जना लिएर काठमाडौबाट उडेको विमान अवतरणका क्रममा आज दिउँसो पौने ३ बजे धावनमार्गबाट चिप्लिएर घाँसे चउरमा पुगेपनि ठूलो दुर्घटना नभएको पोखरा विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानमा रहेका ३० जना नै सकुशल रहेको पनि कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान र विमानको प्राविधिक जाँच पनि भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ३ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्