बल्ल घट्यो सुनचाँदीको मूल्य, कतिमा झर्यो हेर्नुहोस्


 


काठमाडौं, असार ३
नेपाली बजारमा केही दिनदेखि बढ्दै गएको सुनचाँदीको मूल्य आज भने घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घट्दै प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा झरेको छ । सुन शुक्रबार प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घट्दै प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी शुक्रबार प्रतितोला आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्