सरकारबाट नझस्किन कांग्रेसलाई नेता नेपालको सुुझाव


 


रौतहट, असार १

पूुर्व प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टीका नेता माधवकुमार नेपालले दुुई तिहाईको वर्तमान सरकारसँग कांग्रेसलाई नझस्किन सुुझाव दिनुुभएको छ ।

गृह जिल्ला रौतहटको गुजरा नगरपालिका–९ मैढाटोलमा आज आयोजित एक कार्यक्रममा उहाँले सरकार सुुखी नेपाली र समृद्ध नेपाल बनाउन लागिरहेका बेला प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसलाई सरकारसँग न आत्तिन सुुझाव दिनुुभएको हो ।

देश विकासका निमित्त जनताले दिएको बहुमतको कदर गर्न तथा दुुईतिहाईको शक्ति नदेखाउन समेत उहाँले सरकारलाई सुुझाव दिनुुुभयो ।

वर्तमान सरकार कसैको विरोधमा नरहेको बताउँदै नेता नेपालले देशको विकासमा हातेमालो गर्न कांग्रेसका नेताहरुलाई आग्रह गर्नुुभयो ।

ओली सरकार नयाँ नयाँ योजना ल्याएर किसान तथा गाँउको विकास गर्न तल्लिन रहेको बताउँदै उहाँले प्रदेश नं। २ को विकासको जिम्मेवारी पनि ओली सरकारकै काँधमा रहेको जिकिर गर्नुुभयो ।

गाँउ गाँउमा महिला जनप्रतिनिधि निर्वाचित हुुँदा महिलाको सम्मान बढेको बताउँदै नेता नेपालले महिलाले अवसर पाए पुुरुषको भन्दा राम्रो गरेर देखाइसकेको विचार व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति: १ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्