विश्वकप फुटबलः इजिप्ट विरुद्ध उरुग्वे विजयी


 


काठमाडौं, असार १

विश्वकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा उरुग्वे विजयी भएको छ। उरुग्वेले इजिप्टलाई १ –० गोलले पराजित गर्दै विजयी भएको हो।उरुग्वेको लागि खेलको दोस्रो हाफको ८९ औं मिनेटमा जस गिमिनेज गोल गरेका थिए।

नेपाली समय ५ : ४५ बजेबाट सुरु खेलको पहिलो हाफमा इजिप्ट र उरुग्वेको कडा प्रतिष्पर्धा भएपनि कुनै गोल भने हुन सकेन। केही गोल गर्ने संभावनाहरुमा भने इजिप्ट र उरुग्वे चुकेका थिए।

खेलमा लुइस स्वारेजले पाएका मौकाको सदुपयोग गर्न सकेनन्। इजिप्टका मोहम्मद सलाह खेल मैदनमा देखिएनन्। खेलको ९० औं मिनेटमा इजिप्टका खेलाडीले पहेलो कार्ड पाएका थिए।

प्रकाशित मिति: १ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्