सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, हेर्नहोस् कति छ आज ?


 


काठमाडौं, असार १
सुनचाँदीको मूल्य आज फेरि बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ५९ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्