नेकपाको स्थायी समितिको पहिलो बैठक शनिबार


 


काठमाडौं, असार १

मुलुकको पछिल्लो राजनीतिक अवस्था र संगठनका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ ।

बैठक प्रधानमन्त्री केपी ओलीको निवास बालुवाटारमा बस्नेछ । बैठक दिउँसो ३ बजे बस्ने कार्यक्रम छ । स्थायी समितिको बैठक पहिलो पटक बस्न लागेको हो ।

महासचिव बिष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्नेछन् । बैठकले पार्टी सन्चालन नियमावली पारित गर्ने सम्भावना छ ।

नियमावलीको मस्यौदा स्थायी कमिटी सदस्यहरुलाई दिइसकिएको छ । उनीहरुलाई आवश्यक सुझाव सहित बैठकमा उपस्थित हुन भनिएको छ ।

बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुनेछ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटी गठन भएपछि बस्न लागेको यो पहिलो बैठक हो । स्थायी कमिटी बैठकअघि ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक पनि बालुवाटारमै बस्नेछ ।

प्रकाशित मिति: १ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्