चुम्लिङटारमा माक्रोबस र ट्रक एकआपसमा ठोकिए, तीनको मृत्यु


 


काठमाडौँ, असार १
चितवनको इच्छाकामनास्थित चुम्लिङटारमा आज विहान माइक्रोबस र ट्रक एकापसपमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।

पोखराबाट काठमाण्डौँतर्फ गइरहेको ना ६ ख ४०६४ नम्बरको ट्रक र ग १ ख ७६९२ नम्बरको माइक्रोबस एक आसमा ठोकिँदा दुर्घटना भएको हो ।

ट्रक सडकबाट करिब ५० मिटर तल त्रिशुली नदी किनारमा खसेको छ। माइक्रोबस भने घटनास्थलमा क्षतिग्रस्त भएको छ ।

दुर्घटनामा माइक्रोमा सवार तीन यात्रुको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा परी ९ जना यात्रु घाइते भएको
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी शिव शर्मा आचार्यले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि भरतपुर लगिएको छ। मृतक र घाइतेको पहिचान हुन बाँकी छ ।

प्रकाशित मिति: १ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्