भारतमा फेरि पत्रकारको हत्या !


 


नयाँदिल्ली, असार १
भारतमा फेरि अर्को एक पत्रकारको हत्या भएको छ । जम्मु–कश्मीरको राजधानी श्रीनगरमा ‘राइजिङ कश्मीर’ अखबारका सम्पादक सुजात बुखारीको बिहीबार साँझ गोली हानी हत्या भएको हो ।

मोटरसाइकलमा आएका आक्रमणकारीको प्रहारबाट सम्पादक बुखारीसहित उनका निजी सुरक्षा अधिकृतको पनि मृत्यु भएको जम्मु–कश्मीरका डीजीपी एसपी वैदले जानकारी दिए । थप एक घाइते भएका छन् ।

जम्मु–कश्मीरकी मुख्यमन्त्री मेहबुबा मुफ्तीले बुखारीको हत्यामा शोक व्यक्त गरेकी छन् । भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि बुखारीमाथिको आक्रमण कायरतापूर्ण कार्य भन्दै भत्र्सना गरेका छन् ।

सम्पादक बुखारीमाथि सन् २००० मा पनि आक्रमण भएको थियो । त्यसयता उनलाई राज्यले प्रहरी सुरक्षा उपलब्ध गराएको थियो । कश्मीरमा शान्ति बहालीका लागि उनी लामो समयदेखि सक्रिय थिए ।

प्रकाशित मिति: १ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्