विश्वकप हेरेर घर फर्किदै गर्दा बाढीले बगाएर बेपत्ता


 


ताप्लेजुङ, असार १
ताप्लेजुङमा विहीबार राति विश्वकप हेरेर घर फर्किदै गरेका एक युवकलाई बाढीले बगाउँदा बेपत्ता भएका छन् ।

अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलमा फर्कने क्रममा फुङलिङ नगरपालिका–१ मा रहेको हाङदेवा खोलाले बगाउँदा इलाम घर भएका २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् ।

बेपत्ता युवक चढेको मोटरसाइकल खोलाको केही तल भेटिएको छ भने उनको खोजी कार्य भरहेको जिल्ला प्रहरी प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

यसैगरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ ।

प्रकाशित मिति: १ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्