माछापुच्छ्रे बैंकको थप ४ नयाँ स्थानबाट बैंकिङ्ग सेवा


 


काठमाडौं, जेठ ३१
यही जेठ १ र ६ गते १३ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको माछापुच्छ्रे  बैंक लिमिटेडले एकै साथ थप ४ शाखा कार्यालयको सुरुवात गरेको छ ।

बैंकले आज सप्तरीको कृष्णसावरन गाउँपालिका, भोजपुुरको ट्याम्के मैयुुंम गाउँपालिका, दार्चुुलाको मालिकाअर्जुुन गाउँपालिका र धनुुषाको नगराइन नगरपालिकामा शाखाको स्थापना गरेको छ ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका ४ गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

यस बैकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१करोड खुद मुनाफा गरेको छ ।

उक्त शाखाहरु समेत बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८१ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०४ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

साथै, बंैकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्