अलैंचीको बजार खोज्न सरकारलाई आग्रह


 


ताप्लेजुङ, जेठ ३०

प्रतिनिधिसभा सदस्य योगश भट्टराईले नेपालमा उत्पादित अलैंचीको बजार खोज्न सरकारलाई आग्रह गर्नुभएको छ । आज संसद् बैठकमा विशेष समय लिएर उहाँले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा यो विषयलाई प्राथमिकताका साथ समेट्नुपर्ने माग गर्नुभएको हो ।

ताप्लेजुङ लगायत देशका ४७ जिल्लामा उत्पादित अलैंचीको उत्पादन र मूल्य घटिरहेका बेला यसमा सरकार गम्भीर हुनुपर्ने भट्टराईको माग छ । तथ्यांकसहित प्रस्तुत हुनुभएका भट्टराईले बंगलादेशलाई नेपालको अलैंची निर्यातमा भन्सार छुटका लागि पहल गर्न आग्रह गर्नुभयो । १ सय ८ वटा वस्तुमा भन्सार छुट दिइरहेको बंगलादेशले अलैंचीमा पनि छुट दिए नेपाली किसानलाई राहत हुने उहाँको दाबी छ ।

प्रतिमन १ लाख २० हजारसम्म पुगेको मूल्य ३० हजारमा झरेको, सन् २००७ मा १० हजार टन भएको अलैंची गतवर्ष ५ हजार ५ सयमात्रै उत्पादन भएको नेपालमा एक प्रतिशत मात्रै खपत हुने र बाँकी शत प्रतिशत भारत निर्यात हुने यसमा एक लाख किसान सहभागी रहेको उल्लेख गरिएको छ । नेपालको वैदेशिक व्यापार घाटा डरलाग्दो अवस्थामा रहेकाले त्यसलाई सन्तुलन गर्न अलैंची माध्यम बन्न सक्नेमा भट्टराईले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्