सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, जेठ ३०
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सुन प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि थपघट भएको छैन । आज चाँदी प्रतितोला सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्