आजदेखि मनसुन सक्रिय हुने


 


काठमाडौं, जेठ ३०

आजदेखि मनसुन सक्रिय हुने मौसमविदले बताएका छन् । मौसमविद समिर श्रेष्ठले दिनुभएको जानकारी अनुसार पूर्वी क्षेत्रबाट मनसुन सक्रिय हुने संकेत देखिएको छ । एक हप्तासम्ममा देशका सबै ठाउँमा मनसुन सक्रिय हुने उहाँले जानकारी दिनुभयो ।

नेपालमा मनसुन प्रवेश गरेको ६ दिन बितिसक्दा समेत मनसुन सक्रिय नहुँदा गर्मी बढेको छ । जल तथा मौसम विज्ञान विभागले गएको जेठ २५ गते नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि दिउँसो घाम चर्कने र बदली हुने गरेको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्