जहाँज चढेर आँखा उपचार गर्न नेपालमा


 


काठमाडौं, जेठ ३०
आँखा उपचारका लागि राम्रो मानिएको नेपालमा अब विदेशीहरु पनि आउन थालेका छन् । अहिलेको अवस्थामा नेपालीहरुभन्दा विदेशीहरु नेपालमा आँखाको उपचार गर्ने धेरै छन् ।

यसैक्रममा नर्वेका मुटु सर्जन मोन्स लीले आँखामा मोतीविन्दुको शल्यक्रिया गरेर स्वदेश फर्केका छन् । जहाज चढेर नेपाल आएका ७६ वर्षीय लीले कैलालीको गेटा अस्पतालमा शल्यक्रिया गरेपछि खुशी हुँदै फर्केको नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्रले गर्व साथ सुनाए। अन्नपूर्णमा खबर छ ।

युरोपबाट आएका लीको शल्यक्रिया डा. सुरेशराज पन्तले गरेका थिए। यो घटना प्रतिनिधिमूलक मात्र हुन्। यस्तै भारतीय नागरिकहरु पनि दैनिक सैयौंको संख्यामा नेपाल आएर आँखाको सल्यक्रिया गर्ने गरेका छन् ।

सामान्य बिमार वा अप्रेसनका लागि पनि विदेश जाने प्रवृत्ति बढिरहेको बेलामा आँखाको शल्यक्रिया गर्न भने नेपाल विदेशीका लागि पनि सस्तो र भरपर्दो गन्तव्य बनेको छ।

आँखाको उपचारमा काठमाडौंभन्दा पनि जिल्लाका आँखा अस्पतालले बढी विश्वास जितेको पाइएको छ। मोतीविन्दुको शल्यक्रिया भारतमा भन्दा नेपालमा सस्तो छ।

नेपालमा मोतीविन्दुको शल्यक्रिया खर्च १२ सय रूपैयाँ लाग्छ भने भारतमा सोही शल्यक्रियाका लागि ८ हजार भारतीय रूपैयाँ लाग्ने चिकित्सकहरू बताउँछन्।

प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्