प्रधानमन्त्री ओलीका यस्ता छन् चीन भ्रमणका एजेण्डा, के–के विषयमा हुन्छ सम्झौता ?


 


काठमाडौैं, जेठ ३०
प्रधानमन्त्री केपी ओली असार ५ चीन भ्रमणमा निस्किदैछन् । त्यसक्रममा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ ।

मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ । समझदारीपत्रमा हस्ताक्षरका लागि नेपाली पक्षबाट सबै तयारी पूरा भएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

समझदारीको मस्यौदाबारे नेपाल र चीनका जलस्रोत तथा ऊर्जा हेर्ने विभिन्न तहका निकायहरूबीच यसअघि नै सहमति भइसकेको छ ।

त्यस्तै, मितेरी र रसुवागढी पुल निर्माण सम्झौता, गल्छी–रसुवागढी–केरुङ प्रशारण लाइन, किमाथांका अरुण जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव, ‘तिब्बेतियन हाइवे’मा ढुवानी सुविधा, काठमाडौं–केरुङ रेलमार्ग निर्माण समझदारी, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग र बिप्पा नेपालको र स्वतन्त्र व्यापार सम्झौता चीनको प्राथमिकताका विषयमा सम्झौता हुने जनाइएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्