प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिश


 


काठमाडौं, जेठ २९

संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेको छ । आज सिंहदरबारमा बसेको परिषद् बैठकले जोशीको नाम अनुमोदनका लागि संसदीय सुनुवाइ विशेष समितिमा सिफारिश गरेको हो । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि जोशीले कामु प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका थिए ।

आज बसेको परिषद्को बैठकले जोशीलाई प्रधानन्यायाधीशका लागिसिफारिश गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, उपसभामुख डा। शिवमाया तुम्बाहाम्फे र कानूनमन्त्री शेरबहादुर तामाङ सहभागी थिए ।

यसअघि न्यायपरिषद्को बैठकले जोशीसहित तीन जनाको नाम संवैधानिक परिषद्मा पठाएको थियो । संसदमा संसदीय सुनुवाइ समिति गठन हुन नसक्दा परिषद्ले प्रधानन्यायाधीश सिफारिश गर्न सकेको थिएन ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त नियमावलीले सुनुवाइ समितिसम्बन्धी व्यवस्था गर्नेछ । समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिसभाबाट ३ सदस्य रहने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्