किम–ट्रम्प वार्ताको नेपालद्धारा स्वागत
काठमाडौँ, जेठ २९
सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका अध्यक्ष किमजङ उनबीच आज सिंगापुरमा भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त वक्तव्यको स्वागत गरेको छ ।
शिखर वार्ता र संयुक्त वक्तव्यमा उल्लिखित विषयको कार्यान्वयनबाट कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्न मार्ग प्रशस्त भएको विश्वास नेपालले गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज अपराह्न एक विज्ञप्ति जारी गरेर कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व कायम हुने विश्वास व्यक्त गरेको हो ।
प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलबार