नेका प्रमुख सचेतकमा प्रसाईं


 


काठमाडौँ, जेठ २९

राष्ट्रियसभामा नेपाली काँग्रेसको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य सरिता प्रसाईँ मनोनित हुनुभएको छ ।

काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले आज एक प्रेस विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले प्रसाईंलाई संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गर्नुभएको जनाउनुभएको छ । रासस

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्