रुसमा हुने विश्वकप फुटबलको लागि नेपालमा आचारसंहिता !


 


काठमााडौं, जेठ २९
यही जुन १४ देखि सुरु हुन लागेको विश्वकप फुटबल हेर्न आचारसंहिता लगाइएको छ ।

रुसमा सुरु हुने विश्वकप हेर्न नेपालीहरु पनि भिन्न भिन्न टिममा विभाजित भएका बेला काठमाडौं जिल्ला प्रशासनले आचारसंहिता जारी गरेको हो । नेपालको टिम विश्वकपमा सहभागि नभएपनि दर्शकहरु विश्वकप हेर्न विभिन्न तयारी गरिरहेका छन्।

काठमाडौं जिल्ला प्रशासनले दर्शकलाई मर्यादित र संयमित बनाउन १० बुँदे आचारसंहिता जारी गरेको जनाएको छ ।

जसअनुसार खेलहरुको प्रदर्शन आफ्नो परिसरभित्र मात्र गर्न पाउने, प्रदर्शन स्थलमा कुने प्रकारको शुल्क लगाउन नपाइने, खेलको हारजित लगायत विषयलाई लिएर कुनै पनि प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल खेलाउन नपाइने, मादक पदार्थ खरिद विक्री, ओसार पसार तथा सेवन गर्न गराउन नपाइने, असुरक्षा नियन्त्रण गर्न आवश्यक जनशक्ति तथा सीसीटिभी निगरानीको व्यवस्था गरिएको हुनुपर्ने, होहल्ला गरी टोल छिमेकमा शान्ति सुव्यवस्थामा बाधा पार्न नपाइने लगायत रहेका छन्।

प्रशासन कार्यालयले सुरक्षा तथा शान्तिपूर्ण खेल प्रदर्शनका लागि आचारसंहिता बनाउनुपरेको सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्