अनुदानमा किसानलाई मिनीटिलर


 


धनकुटा, जेठ २९

धनकुटा नगरपालिकाले आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरेको छ । सोमबार धनकुटा नगरपालिका कार्यालयमा नगरका किसानको समूहलाई बोलाएर व्यावसायिक कृषि प्रणालीको शुरुवात गर्न किसानलाई मिनीटिलर अनुदानमा उपलब्ध गराएको जनाइएको छ ।

धनकुटा नगरपालिकाको ८३ प्रतिशत अनुदान सहयोग र स्थानीय कृषक समूहको लगानीमा नगरका विभिन्न सातवटा कृषि समूहलाई प्रतिगोटा रु ७३ हजार मूल्य पर्ने रु पाँच लाख ११ हजार बराबरका सातवटा टिलर वितरण गरिएको छ ।

गोरुले जोतेर गरिने कृषिले जीविकोपार्जनलाई व्यावसायिक कृषि प्रणालीको शुरुवात गर्न आगामी पाँच वर्षभित्रमा गोरु पाल्ने किसानलाई मिनीटिलरबाट नै जोत्ने व्यवस्था गरिने नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनुभयो ।

धनकुटा नगरपालिकाले यस आर्थिक वर्षमा कृषि क्षेत्रमा रु ५० लाख बजेट विनियोजन गरेर थप आधुनिक कृषि उपकरण वितरण गर्ने योजना रहेको प्रमुख तामाङले बताउनुभयो । रासस

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्