खाद्यान्न लुकाउनेलाई पनि कैद हुने !


 


काठमाडौं, जेठ २९
अब खाद्यान्न लुकाएपनि कैद र जरिवाना गरिने भएको छ । खाद्यन्न लुकाएर भोकमरीको अवस्था सिर्जना गर्न खोज्ने व्यक्तिलाई १० वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्थ गर्न लागिएको हो ।

खाद्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको छ । नागरिकमा खबर छ ।

त्यस्तै विधेयकमा आपतका बेला चाहिने खाद्यवस्तु भण्डारण गर्न लैजाँदै गर्दा कसैले बाटोमै लुटेमा पनि तीन महिनासम्म कैद, २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्