अमेरिका र उत्तर कोरियाको शिखरवार्ता सुरु


 


एजेन्सी, जेठ २९

विश्वले पर्खिरहेको अमेरिका र उत्तर कोरियाको शिखरवार्ता सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबिच सिंगापुरको एक होटलमा वार्ता सुरु भएको हो हो । वार्ताका लागि राष्ट्रपति ट्रम्प र नेता उन वार्ता स्थलमा पुगेर हात मिलाएका छन् ।
नेपाली समय अनुसार बिहान पौने ७ बजे वार्ता शुरु भएको र वार्तामा राष्ट्रपति ट्रम्प र नेता उनसँग अनुवादक बाहेक कोही पनि नरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायत कार्यक्रम तय भएका छन् । २ देशबिच पहिलोपटक हुन लागेको वार्तामा उत्तर कोरियालाई परमाणु अस्त्र निशस्त्रीकरण गराउनु आफ्नो पहिलो उद्देश्य रहेको अमेरिकाले बताएको छ । यसको बदलामा उत्तर कोरीयाको सुरक्षाको ग्यारेण्टी अमेरिकाले गर्ने र विकासका कुरामा पनि जोड दिने अमेरिकाको भनाई छ ।

अमेरिकाले चीनले चाहेमा वार्ता निष्कर्षमा पुग्ने पनि बताएको छ । उत्तर कोरियाली नेता उनले आफ्नो अवको लक्ष्य विकास र सम्बृद्धि हुने बताएका छन् । अन्तराष्ट्रिय लगानीको ग्यारेण्टी पनि खोजेको खबरहरुमा उल्लेख छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्