मुग्लिङ सडक खण्डमा पहिरै पहिरो


 


चितवन, जेठ २९

सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ ।

राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भएपनि सवारी आवागमनमा भने समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ । रासस

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्