गुड्दै गरेको जीपबाट महाकालीमा हाम फालेर एक बेपत्ता !


 


दार्चुला, जेठ २८
गुड्दै गरेको जीपबाट दार्चुलामा एक जनाले महाकालीमा हाम फालेर बेपत्ता भएका छन् ।

धापबाट दार्चुला सदरमुकाम खलंगातर्फ आउँदै गरेको म १ ज २१२ नम्बरको जीपबाट बान्ता गर्ने बाहानामा झ्याल खोल्न लगाएर महाकाली नगरपालिका–६ का मदनसिंह रैखोला महाकालीमा हाम फालेर बेपत्ता भएका हुन् ।

उनले महाकाली–५ किम्तडी डम्पीङ साइडको नजिकैबाट महाकालीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनले नदीमा हाम फाल्नुको कारण भने खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्