धनकुटामा खानेपानीको हाहाकार


 


धनकुटा, जेठ २८

धनकुटा नगर क्षेत्रमा खानेपानीको अभाव देखिएको छ । सडक निर्माणको क्रममा डोजरले खनेको माटो बर्षातको भेलले बगाएर निबुवा खोलामा मिसाउँदा नगरक्षेत्रमा खानेपानीको हाहाकार भएको हो ।

नगरक्षेत्रमा गत १ हप्तादेखि खानेपानीको आपूर्ति वन्द भएको छ । पानीको आपूर्ति नहुँदा नगर क्षेत्रका वडा न. ३, ४, ५, ६ र ७ का सेवाग्राही मर्कामा परेका छन् । निवुवा खोला, धनकुटा नगरवासीको लागि खानेपानीको मूल स्रोत मानिन्छ ।

उक्त खोलाको पानी विद्युतीय पम्पिङ प्रणालीबाट तानेर धनकुटा सदरमुकाममा वितरण गरिदै ल्याइएको छ । नगरक्षेत्रमा खानेपानी आपूर्ति वन्द भएपछि आज प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालको नेतृत्वमा खानेपानी उपभोक्ता समितिका पदाधिकारी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायतका टोलीले निवुवा खोलाको १, २ र ३ नम्वर पम्पिङ स्टेशनको स्थलगत अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा निवुवा खोलामा विगत केही दिन यता निरन्तर लेदो सहितको वाढी आएको कारण खानेपानीका पम्पीङ्ग स्टेशनहरु चलाउन नसकिने अवस्थामा देखिएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्