संयुक्त संसद् बैठक स्थगित


 


काठमाडौँ, जेठ २८

संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक विशेष कारण जनाउँदै स्थगित भएको छ । आज अपराह्न १ बजेका लागि बोलाइएको संयुक्त बैठक प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निर्देशनअनुसार अर्को सूचना नभएसम्म स्थगित भएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

प्रकाशित मिति: २८ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्