पूर्वमा ट्राफिक प्रहरीको सक्रियता, प्रदेश एकका ६ स्थानमा तत्काल कारबाही


 


विर्तामोड, जेठ २८
ट्राफिक प्रहरीले पूर्वमा नियम उल्लंघन गर्ने सवारी चालकलाई तत्काल कारबाही गर्ने अभियान सुरु गरेको छ ।

एक नम्बर प्रदेशका विभिन्न ६ स्थानमा २४सै घण्टा चेकजाँच गरी नियम उल्लंघन गर्ने सवारी तथा चालकलाई तत्काल कारबाही गर्न शुरु गरेको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशनमा ट्राफिक प्रहरीले ६ स्थानमा ट्राफिक पोष्ट नै खडा गरेको छ ।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयलाई राति पनि चेकजाँच गर्न निर्देशन दिएको थियो ।

झापाको दमक, इलामको रोङ गाउँपालिका–४ जोरकलश, धनकुटाको साँघुरीगढी गाउँपालिका–६ भेडेटार, सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछी, सुनसरीको कोशी गाउँपालिका–६ कटान र सुनसरीकै दुहवी नगरपालिका–५ दुहबीमा चेकपोष्ट खडा गरिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: २८ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्