सुन तस्करी प्रकरणः गोरेसहित तीन अभियुक्तलार्इ केन्द्रीय कारागार झिकाइयो


 


काठमाडौँ, जेठ २८
साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई केन्द्रीय कारागारमा झिकाइएको छ ।

सरकारले गठन गरेको छानबिन समितिले पुर्पक्षको लागि थुनामा रहेका मुख्य अभियुक्त गोरेुसहित राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा. डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई काठमाडौँ झिकाएको हो।

उनीहरुलाई थप अनुसन्धानको लागि ल्याइएको बताइएको छ । तीनै जनालाई मोरङ जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो। गोरेलाई बिहानको फ्लाइट मार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए।

प्रहरी अधिकारीलाई भ्रष्टाचार र अरु अभियुक्तलाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाउन लागिएको हो ।

पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेलविरुद्ध भ्रष्टाचार मुद्दामा छानबिन हुने भएको हो ।

प्रकाशित मिति: २८ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्