सुनको मूल्य आज घट्यो, कतिमा झर्यो ? हेर्नुहोस्


 


काठमाडौं, जेठ २८
नेपाली बजारमा केही दिनदेखि लगातार रुपमा बढ्दै गएको सुनको मूल्य आज भने केही घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घट्दै गर्दा चाँदीको मूल्य भने बढेको छ । आज पनि चाँदी तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ८५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला सात सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्