चार महिना भित्रै आउँदैछ नेपालमा रेल


 


मोरङ, जेठ २८
आगामी चार महिनाभित्रै भारतको बथनाहाबाट विराटनगरसम्म रेल आउने भएको छ ।

भारतको रेल्वे विभागका इन्जिनियरिङ र निर्माण कम्पनीको टोलीले रेलमार्ग निर्माणको आइतबार अनुगमन गरेको छ । कान्तिपुरमा खबर छ ।
टोलीले निर्माण कम्पनीलाई रेलमार्ग निर्माणमा तीव्रता दिन निर्देशन दिए ।

भारत सरकारले मोरङको कटहरीसम्म ब्रोडगेज रेलमार्ग निर्माण गरिदिने नेपाल सरकारसँग भएको सम्झौताअनुसार निर्माण कार्य गरिरहेको छ । भारत सरकारले ४ अर्ब ४८ करोडको लागतमा बथनाहादेखि कटहरीसम्म रेलमार्ग निर्माण गरिरहेको छ ।

नेपाल सरकारले जग्गा उपलब्ध गराउने र भारत सरकारले भौतिक पूर्वाधारलगायतको काम गरिदिने द्विपक्षीय सम्झौता भएको छ । रेलमार्ग निर्माणका ठेक्का पाएका इरकोण इन्टरनेसनल फार्बिसगन्ज, भारतले आउँदो अक्टोबरसम्ममा विराटनगर रेल आइपुग्ने बताएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्