विवेकशील साझाका संयोजक मिश्रले खोले पत्रकारिता छोड्नुको कारण


 


कञ्चनपुर, जेठ २७

विवेकशील साझा पार्टीका राष्ट्रिय संयोजक रवीन्द्र मिश्रले देश परिवर्तनका लागि पत्रकारिता छाडेर राजनीतिमा लागेको बताउनुभएको छ ।

आइतबार शुक्लाफाँटा नगरपालिकाको झलारीमा संगठन विस्तार वर्ष २०७५ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक मिश्रले इमानको धरातलमा टेकेर देश बनाउन राजनीतिमा लागेको बताउनुभयो ।

“राजनीतिको माध्यमबाटै देशलाई रुपान्तरण गर्न सकिन्छ,” उहाँले भन्नुभयो । उहाँले आफ्नो पार्टी व्यवहार, दर्शन र वादमा अरु राजीतिक दलभन्दा फरक रहेको धारणा व्यक्त गर्नुभयो ।

पार्टीका प्रदेश नं ७ का संयोजक गोपाल हमालले देशमा सही नियत भएको नेताको अभाव रहेको बताउनुभयो । रासस

प्रकाशित मिति: २७ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्