काँग्रेसको भातृ संगठन नेविसंघले सरकारी गाडी जलायो


 


काठमाडौं, जेठ २७

मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्दै आएको नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज काठमाडौंको शंखमुलमा एउटा सरकारी गाडी जलाएको छ ।

नेविसंघका कार्यकर्ताले बा १ झ ८८१८ नम्बरको सरकरी गाडी जलाएका हुन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएको नेविसंघले आइतबार सरकारी गाडी चल्न नदिने घोषणा गरेको थियो ।

आफूहरुको आग्रह विपरित गाडी चलाएका कारण गाडीमा आगजनी गरेको नेविसंघले जनाएको छ । आगलागी लगत्तै दमकल, प्रहरी र स्थानीयबासिन्दाले आगो निभाउन प्रयास गरेपनि गाडीमा क्षति पुगेको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्