माग सम्बोधन नभएसम्म् सरकारमा जाँदैनौ : महतो


 


विराटनगर, जेठ २७

राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले माग सम्बोधन नगर्दासम्म सरकारमा जाने बिषयमा नसोचेको बताउनुभएको छ ।  विराटनगर बिमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै महतोले सरकारमा जाने बिषयमा बिभिन्न चरणमा सरकारसँग छलफल भईरहेको बताएपनि माग सम्बोधन नगर्दासम्म नजाने बताउनुभयो ।

माग सम्बोधन नगर्दासम्म सरकारमा जाने बारेमा कुनै धारणा नबनेको उहाँले स्पष्ट पार्नुभयो । सरकारमा जाने बिषयमा छलफल भएपनि मन्त्रालयको बिषयमा प्रबेश नै नगरेको बताउनुभयो ।

सरकारलाई राजपाले समर्थन गरेकै छ त्यसमा अब हाम्रो मागको बिषयमा सरकारले कसरी सम्बोधन गर्छ त्यो पर्खिएर बसेका छौ, महतोले भन्नुभयो। हामीले सरकारलाई समर्थन गरेपछि सरकारका तर्फबाट पनि काम हुनु पर्यो अनी मात्र सरकारमा जाने वातावरण बन्ने उहाँको भनाई छ ।

मधेशमा भएको ६ महिनाको कठोर आन्दोलनलाई देखाउने दाँतको रुपमा संज्ञा नदिन समेत उहाँले आग्रह गर्नुभयो । अहिले पनि संबिधान संशोधन, कार्यकर्तालाई लगाएको झुठा मुद्दा, आन्दोलनकारीहरुलाई जेलमा हालिएका बिषयहरुलाई सम्बोधन नगरिएको उहाँको भनाई छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्