ट्रम्पप्रति पुटिनको यस्तो छ अपेक्षा
रूस, जेठ २७
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी राष्ट्रपतिसँग ‘रचनात्मक भेट’को अपेक्षा गरेको बताउनुभएको छ ।
पुटिनले भन्नुभयो, “ट्रम्प कुनै पनि व्यक्तिलाई कसरी सुन्नुपर्छ र उनीहरूका भनाइलाई कसरी वहसमा लानुपर्छ भन्ने गम्भीर सोच भएको व्यक्ति हो । यसले मलाई उहाँप्रति विश्वास गर्ने आधार बनाएको छ मलाई लाग्छ उहाँसँगको वार्ता रचनात्मक सिद्ध हुनेछ ।”
ट्रम्पले रूसी राष्ट्रपतिलाई भेट्नका लागि गत अप्रिलमा निमन्त्रणा पठाउनुभएको छ । उहाँहरूबीच यही वर्ष भेट हुने सम्भावना रहेको भएपनि कहिले भेट हुँने अझै अनिश्चित नै छ ।
रूसी उप विदेशमन्त्री सेर्गेइ र्यारकोभले यस पहिले दुई देशका उच्च नेताबीच हुने भेट मस्को र वासिङ्टनको सम्बन्ध सुधारका लागि महत्वपूर्ण हुने बताउनुभएको थियो । यो नेताहरूबीच प्रत्यक्ष हुने तेस्रो भेट हुनेछ ।
उहाँहरूबीच जी–२० शिखर सम्मेलनको सन्दर्भमा जर्मनीको ह्यामवर्गमा गत वर्षको जुलाईमा भेट्नु भएको थियो । दोस्रो पटक उहाँहरू एसिया प्रशान्त वित्तीय सहकार्य शिखर सम्मेलनका अवसरमा गत नोभेम्बरमा भियतनाममा भेट्नुभएको थियो ।
यस वर्षको मार्चमा दुई नेताले टेलिफोन वार्ता गर्नुभएको थियो भने उक्त अवसरमा ट्रम्पले पुटिनलाई वासिङ्टन डी सीको भ्रमण गर्न आमन्त्रण गर्नुभएको थियो ।
दुई देशबीचको सम्बन्धमा सन् २०१५ मा रूसले क्रिमियालाई लिएपछि, यूक्रेनी सङ्कटका कारण, अमेरिकी निर्वाचनमा भएको भनिएको हस्तक्षेप र सिरियाली गृहयुद्धका कारण समस्या आएको थियो । रासस÷एएनआई
प्रकाशित मिति: २७ जेष्ठ २०७५, आइतबार