बजेटमा मन्त्रालयगत शीर्षकमा छलफल हुँदै


 


काठमाण्डौँ,जेठ २७

आर्थिक वर्ष २०७५/७६ को बजेटमा आजबाट मन्त्रालयगत शीर्षकमा छलफल सुरु हुँदैछ । त्यसका लागि बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

आज पहिलो दिन सन्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमा छलफल हुने संसद सचिवालयले तयार पारेको कार्यसूचीमा छ ।

शनिबार बाहेक हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मन्त्रालयगत शीर्षकमा छलफल हुने छ । यो छलफल असार १ गते सक्ने लक्ष्य छ । त्यसपछि विभागीय मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने छ ।

जवाफ दिइसकेपछि असार मसान्तभित्र बजेट पास गर्ने तयारी छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यही जेठ १५ गते १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट संघीय संसदमा पेश गर्नुभएको थियो ।

प्रकाशित मिति: २७ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्