राष्ट्रियसभा कार्यसञ्चालन नियमावली आज पारित हुँदै


 


काठमाडौं, जेठ २७

चार विषयगत समिति रहने गरी राष्ट्रियसभा कार्यसञ्चालन नियमावली आज पारित हुँदैछ । नियमावली पारितका लागि आज बिहान ११ बजे राष्ट्रियसभा बैठक बोलाइएको छ ।

राजनीतिक दलबीचको विवादका कारण नियमावली मस्यौदा सम्पन्न भएको लामो समयसम्म पनि पारित हुनसकेको थिएन । सङ्घीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले राष्ट्रियसभाको आजको बैठकमा नियमावली पारितको कार्यसूची रहेको बताउनुभयो ।

सङ्घीय संसद्को अधिवेशन सुरु भएको तीन महिनापछि शुक्रबार प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली पारित भएको थियो । प्रतिनिधिसभाको नियमावली पारितसँगै आइतबार राष्ट्रियसभातर्फको नियमावली पारित हुन लागेको हो । राष्ट्रियसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन नै अन्तिम नियमावलीको रुपमा पारित हुन लागेको हो ।

प्रकाशित मिति: २७ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्