फुटबल र भलिबल हस्तान्तरण


 


मोरङ, जेठ २६

मोरङको उर्लाबारी भेट्रान फुटबल टिम र उर्लाबारी भलिबल टिमलाई कुरोदय मार्सल आर्ट संघकी केन्द्रिय उपाध्यक्ष बिद्या चाम्लिङले फुटबल र भलिबल हस्तान्तरण गर्नु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको उक्त सामाग्री प्रयाप्त नभएपनी सुरुवात भएको चाम्लिङले आज बिहान आयोजना भएको उक्त कार्यक्रममा जानकारी दिनुभयो । आगामी दिनमा अझै अरु सामग्री उपलब्ध गराउने र उर्लाबारी गोल्डकप फुटबल आयोजना गर्नका लागि समेत राखेप. सदस्य सचिव केशव विष्टसँग कुराकानी भएको जानकारी दिनु भयो ।

कार्यक्रममा उर्लाबारी क्षेत्रका फुटबल र भलिबल खेलाडीहरुको सहभगिता रहेको थियो । कार्यक्रममा उर्लाबारी फुटबल टिमका मेनेजर बिजु श्रेष्ठले खेलकुद सामाग्री उपलब्ध गराउन सहयोग गरिदिनु भएकोमा चाम्लिङसहित, रबिन लामा र टीका भट्टराईलाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताउनु भएको थियो ।

प्रकाशित मिति: २६ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्