तारा एयरको विमान दुर्घटना


 


काठमाडौं, जेठ २६

जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो ।

विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको तारा एयरका भीमराज राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २६ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्