पत्रकार विष्टमाथि अज्ञात समूहद्वारा निर्घात कुटपिट र लुटपाट


 


धनगढी, जेठ २६
धनगढीस्थित एसटीएस टेलिभिजनका समाचार प्रमुख लोकेन्द्र विष्टमाथि शुक्रबार राति अज्ञात समूहद्वारा कुटपिट भएको छ ।

काम सकेर मध्ये राति साढे १२ बजेको समयमा घर फर्किनेक्रममा मोटरसाइकलमा आएका तीन जनाको समूहले विशालनगरमा पत्रकार विष्टमाथि कुटपिट भएको हो ।

उनीमाथि कुटपिट भइरहेका बेला प्रहरीले उनलाई जोगाएको थियो । यद्यपि, कुटपिट गर्ने भने पक्राउ पर्न सकेनन् । पत्रकार बिष्टलाई कुटपिट गरेर नगद १४ हजार पाँच सय रुपैयाँ पनि लुटपाट भएको छ ।

पत्रकार विष्टमाथि कुटपिटप्रति ध्यानाकर्षण भएको भन्दै पत्रकार प्रदेश महासंघ र जिल्ला महासंघले विरोध जनाएको छ ।

महासंघले पत्रकारमाथिको सुरक्षा खतरा बढेको भन्दै यसतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने माग समेत गरेको छ । पत्रकार बिष्टलाई कुटपिट गर्ने समूहलाई कारबाहीको दायरामा ल्याइने कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताएका छन् । उनले उनीहरुको खोजी कार्य भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: २६ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्