प्रदेश १ को संसद्मा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै


 


विराटनगर, जेठ २६

प्रदेश नम्बर एकको सरकारले निति तथा कार्यक्रम सार्बजनिक गर्ने ठिक अघिल्लो दिन आज प्रदेश १ को संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे संबोधन गर्ने बिषयमा हिजो बसेको संसद बैठकमा जानकारी गराउनु भएको हो । प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङले भोली पहिलो पटक आगामी आर्थिक बर्ष २०७५/०७६ को पुर्ण आकारको निति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्दै हुनुहुन्छ ।

बिशेष अबस्थामा सार्बजनिक बिदाका दिन पनि संसद बैठक बस्ने संघीय संसदको अभ्यासलाई पछ्याउँदै आज प्रदेश १ को संसद बैटक बोलाईएको हो । प्रदेश सरकारको निती कार्यक्रम ल्याउने अघिल्लो दिन प्रदेश १ को संसदलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम बनेपछि दुई तिहाई बहुमतको नेपाल कम्युनिष्ट पार्टी नेकपाले निति कार्यक्रम बारे हिजो नै संसदीय दलको बैठक बोलाएर छलफल गरेको थियो ।

प्रकाशित मिति: २६ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्