दही, दुध र पानीमा दिसामा पाइने जीवाणु भेटियो


 


काठमाडौं, जेठ २६
उद्योगहरूले उत्पादन गरेर बजारमा बेच्न पठाएको प्रशोधित पानी, दूध र दहीमा दिसामा पाइने हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ ।

विभिन्न उद्योगका घिउ र तेल पनि गुणस्तरहीन भेटिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमन र परीक्षणमा पानीमा कोलिफर्म र ई. कोली भेटिएको हो । नयाँ पत्रिकामा खबर छ ।

चालू आर्थिक वर्षको १० महिनामा खराब पानी उत्पादन गर्ने २२ सहित दूध, दही, तेल र घिउ गरी १३५ उद्योगविरुद्ध विभागले जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाएको छ ।

उद्योग रहेको सम्बन्धित जिल्ला प्रशासनमा कारबाहीका लागि विभागले सिफारिस गरेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।

ई। कोली मानिस तथा जनावरको तथा कोलिफर्म मानिसको दिसामा पाइने जीवाणु हुन् । यस्ता जीवाणुयुक्त पानी सेवन गरे झाडापखालालगायत गम्भीर रोग लाग्ने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति: २६ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्