सहमतिमै नियमावली पारित गरिने


 


काठमाडौँ, जेठ २५

प्रतिनिधिसभा नियमावली, २०७५’ को मस्यौदा प्रतिवेदन सदनमा प्रस्तुत गरिएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच खासगरी संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा मतैक्यता नभएपछि नियमावलीको विषय लामो समयदेखि अघि बढ्न सकेको थिएन ।

लामो छलफल र रस्साकसीपछि दुवै पक्षको सहमतिमा नियमावलीलाई अघि बढाउन सहमति भएको बुझिएको छ ।

मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले मस्यौदा प्रतिवेदनमाथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रतिनिधिसभाको आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभयो । रासस

प्रकाशित मिति: २५ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्