फोरम सरकारमा गएसंगै संविधान संशोधनबारे बहस, के-के विषयमा हुन्छ संशोधन ?


 


काठमाडौं, जेठ २५
संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि संविधान संशोधनको बहस सुरु भएको छ । फोरमले नेकपासँग संशोधन गर्नेसहित दुईबुँदे सहमति गरेपछि फेरि संशोधनको बहस सुरु भएको हो । नयाँ पत्रिकामा खबर छ ।

राजपा र फोरमले ३ असोज ०७२ मा संविधान जारी भएदेखि नै संशोधनको माग राख्दै आएका थिए ।

आन्दोलनका क्रममा फोरम र राजपाले ११ वटा बुँदामा संशोधन खोजेका थिए । अहिले ३ वटा बुँदामा संशोधन भए हुनेमा पुगेका छन् । तर, संशोधनबारे अहिलेसम्म प्रयास भने केही पनि भएको छैन ।

सत्तापक्ष तत्काल संशोधन गर्ने पक्षमा देखिएको छैन । कार्यान्वयनका क्रममा जटिलता देखिए संशोधन गर्दै जाने सत्तापक्षको तर्क छ ।

फोरम र राजपाका नेताहरूको भनाइमा संविधान संशोधन २ असोजभित्र हुन सक्छ । ३ असोजमा संविधान दिवस भएकाले सोभन्दा अगाडि संशोधन हुन सक्ने उनीहरूको आशा छ । संविधानमा प्रदेशको सीमा हेरफेर, भाषा र नागरिकतामा संशोधन हुने जनाइएको छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्