सुनचाँदीको मूल्य थप बढ्यो


 


काठमाडौं, जेठ २४
बजारमा सुनको मूल्य आज थप बढेको छ । आज सुन तोलामा थप एक सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार दुई सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्