आतङ्ककारी समूहद्वारा महिला उम्मेदवार अपहरण


 


तालुकान, जेठ २४

अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा जिल्ला परिषद् निर्वाचनमा महिलातर्फबाट उम्मेदवार बनेकी एक सदस्यलाई अज्ञात सशस्त्र एक समूहले अपहरण गरेको छ ।

प्रान्तीय सरकारका प्रवक्ता सुनातुल्लाह टिमुरीले बुधबार सो जानकारी दिनुभएको छ ।

दर्काद जिल्लाको जिल्ला परिषद्का महिला उम्मेदवार फजिलालाई प्रान्तीय राजधानी तालुकान शहरमा अपहरण गरिएको बताइएको छ ।

मङ्गलबार अपराह्नमा सरकारको विरोधमा लागेका आतङ्ककारी समूहले फजिला र उनका भाइ चढेको एक कारलाई अपहरण गरी अज्ञात स्थलमा लगिएको बताइएको छ ।

यस अपहरणमा कुन समूहको हात छ भन्ने बारेमा भने प्रष्ट भएको छैन । तर सरकारी अधिकारीहरुले भने तालिबान आतङ्ककारी समूहले यो अपहरण गरेको दाबी गरेका छन् ।

महिला उम्मेदवार फजिला र उनका भाइलाई सुरक्षित अपहरण मुक्त गराउने प्रयास जारी रहेको पनि प्रवक्ता टिमुरीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ ।

दर्काद जिल्लामा नियन्त्रण जमाएर बसेका तालिबान आतङ्ककारी समूहले भने यस बिषयमा केही टिप्पणी गरेका छैनन् ।

अफगान वोलेसी जिर्गा अर्थात संसदको तल्लो सदन र जिल्ला परिषद्को निर्वाचन आगामी अक्टोबर २० मा हुने तय भएको छ ।

यस निर्वाचनका लागि गत अप्रिलबाट मतदाताको नामावली दर्ता हुन शुरु भएको थियो । मतदाता नामावली दर्ता केन्द्रमा पनि एक दर्जनभन्दा बढी आतङ्ककारी आक्रमण भइसकेका छन् । रासस÷सिन्ह्वा

प्रकाशित मिति: २४ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्