सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु


 


विराटनगर, जेठ २४ जेठ
मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको छ ।

शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले वडाध्यक्षलार्इ डसेको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ ।

गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो । रासस

प्रकाशित मिति: २४ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्