नेपाली वित्तिय संस्था साइबर हमलाको जोखिममा


 


काठमाडौं, जेठ २४
नेपालका वित्तीय संस्था अन्तर्राष्ट्रियस्तरका ह्याकरको उच्च जोखिममा रहेका छन् ।

बैंकको ‘साइबर सेक्युरिटी अडिट’ नियमित नहुने तथा अपराध अनुसन्धानका लागि प्रहरीमा अझै पनि कम्प्युटर सेक्युरिटी रेस्पोन्स टिम (सिआइआरटी) नहुँदा साइबर हमलाको उच्च जोखिम छ । नयाँ पत्रिकामा खबर छ ।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले अन्य क्षेत्रमा समेत साइबर आक्रमण हुन सक्ने बताए ।

नेपालमा बैंकले साइबर सेक्युरिटी अडिट नियमित गर्दैनन् । प्रहरीमा अझै पनि कम्प्युटर सेक्युरिटी रेस्पोन्स टिम (सिआइआरटी) छैन । संसारका पुलिसमा सिआइआरटी अनिवार्य गरिएका छन् ।

तर, साइबर सेक्युरिटी नेपाल सरकारको ध्यानमै परेको छैन । न प्राइभेट सेक्टरले नै यसमा लगानी गरेको देखिन्छ । ह्याकरले यसैको फाइदा उठाउँछन् । पूर्वडिआइजी मल्लले यसअघि एनआइसी एसिया बैंकमा ह्याकरको हमला भएको भन्दै फेरि पनि यस्ता हमला नहोलान् भन्न नसकिने बताए ।

प्रकाशित मिति: २४ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्