जीप दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु, आठ जना घाइते


 


बझाङ, जेठ २४
छविसपाथीभेरा गाउँपालिका–४ मेलपानीमा आज अपराह्नसे१ज ८३७ को जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उनकी श्रीमती ३८ वर्षीया ज्वालादेवी रहेको तथा तिनका दुई छोराछोरी घाइते भएको छविसगाउँपालिका उपाध्यक्ष राधिकाकुमारी रतालाले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सिम्खेत ल्याइँदैछ । रासस

प्रकाशित मिति: २४ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्