वैज्ञानिकले यमग्रहबारे गरेको अनुमान असत्य, यसरी भयो प्रमाणित
काठमाडौँ, जेठ २४
वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटी र साउथ वेष्टर्न स्टेट कलेजले आज यहाँ आयोजना गरेको नासाका अनुसन्धाता डा हेन्द्री थ्रूपसँगको संवादमा यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खला पाइएको जानकारी गराइयो ।
यसअघि यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खलाजस्ता बनोट नभएको अनुमान गरिएको थियो ।
हेन्द्रीलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीले प्रश्न सोधेका थिए । सन् २०१५ मा यमग्रह पुगेको अन्तरिक्षयान हाल त्यहाँबाट क्षुद्रग्रह र पुच्छ«ेतारातिर अघि बढेको छ । यानमा सन् २०४० सम्मलाई पुग्ने ब्याट्री रहेको जनाइएको छ ।
यमग्रहमा मिथेन ग्यास र ज्वालामुखी विष्फोट भइरहेको तस्वीर पनि यानले खिंचेर नासामा पठाएको थियो । हेन्द्री नासाको न्यू होराइजन मिशन र यान बनाउने काममा समेत संलग्न हुनुहुन्छ । यमग्रह हो वा होइन भन्नेमा अहिले पनि विवाद छ । उहाँले भने यमलाई ग्रह नै हो भनी ठोकुवा गर्नुभयो । रासस
प्रकाशित मिति: २४ जेष्ठ २०७५, बिहिबार